ट्रम्पद्वारा टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ । अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा (‘बोर्डर जार’ का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु”, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभयो, “मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।” ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताउनुभयो । सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगर्नुभएका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गर्नुभएको छ । यसले उहाँको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुआत गर्ने देखिन्छ । आफ्नो चुनावी अभियानमा उहाँले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गर्नुभयो र अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्तिहरूका बारेमा हिंसात्मक भाषा प्रयोग गर्नुभयो । अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौंदेखि सङ्घर्ष गरिरहेको भए पनि अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने आप्रवासीहरूद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गर्नुभएको छ । ¥याली भाषणहरूमा उहाँले स्थानीय तनावहरूलाई अत्यधिक बढाइचढाइ गर्नुभयो र आफ्ना श्रोताहरूलाई आप्रवासन तथ्याङ्क र नीतिबारे भ्रममा पार्नुभयो । ट्रम्पको शासनकालमा बढेको हिंसात्मक अपराध राष्ट्रपति जो बाइडेनको प्रशासनमा हरेक वर्ष घटेको छ । आप्रवासीहरूले स्थानीय जनसङ्ख्याको अनुपातमा कम अपराधहरू गर्छन् । यद्यपि महिला र बालबालिकामाथि हिंसात्मक आक्रमणका केही उच्च–प्रोफाइल मामिलाहरूमा विदेशी संदिग्धहरूको नाम राखिएको छ । यसले रिपब्लिकनहरूलाई क्रोधित बनाएको छ । मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूसँग अमेरिकी सीमा गस्ती मुठभेडहरूको सङ्ख्या अहिले ट्रम्पको राष्ट्रपतिको अन्तिम वर्ष सन् २०२० मा जस्तै छ । यो सन् २०२३ डिसेम्बरमा मासिक रेकर्ड दुई लाख ५० हजारमा पुगेको थियो । ट्रम्पले सन् १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहहरूलाई सम्बोधन गर्ने वाचा गर्नुभयो । उक्त एक्टले सङ्घीय सरकारलाई शत्रु देशहरूका विदेशीहरूलाई पक्रन र निर्वासन गर्न अनुमति दिन्छ । यो ‘अपरेसन अरोरा’ नाम दिएको सामूहिक निर्वासन अभियानको हिस्सा हो । अरोरामा एक भाइरल भिडियोमा सशस्त्र ल्याटिनोहरूले एउटा अपार्टमेन्ट ब्लकमा उपद्रो मच्चाएको देखाइएको थियो । यसले ल्याटिन अमेरिकी आप्रवासीहरूले शहरमा आतङ्क मच्चाएको भन्ने झूटो कथाहरू फैलाएको थियो । ओहायोको स्प्रिङ्गफिल्डमा हाइटीका आप्रवासीहरूले बासिन्दाहरूको घरपालुवा जनावर खाँदैछन् भन्ने काल्पनिक कथालाई पनि ट्रम्पले प्रचार गर्नुभएको छ ।

  • Related Posts

    पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार, यी स्थानमा हुनेछ पार्किङ सुविधा

    काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति…

    सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-