दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्साा, ०७ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्साले एक बृद्ध ब्यक्तिलाई ठक्कर दिइएका टाटा सुमो सहित फरार चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरी दिनु भएको जानकारी अनुसार बिहीबार बिहान करिब ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २४ कृष्णा पेट्रोल पम्प अगाडी रामगढवा स्थितमा सोही वडाको बहुअरी बस्ने वर्ष ७० को शिवदयाल राउत अहिरलाई ना. १ ज १९२१ नम्बरको टाटा सुमो गाडीले ठक्कर दिई घाइते शिवदयाल राउत अहिरलाई बीच बाटोमै छटपटाउँदै गरेको अवस्थामा अलपत्र छाडी फरार भएकोमा तत्काल यस कार्यालय मातहत रहेका वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले घाईतेलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले मृत्यु घोषित गरेको थियो । त्यस्तै उक्त दुर्घटनामा सलंग्न चालक र गाडीलाई खोजतलास गर्ने क्रममा शुक्रबार दिउँसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १९ विन्दवासिनी चोकबाट चालक पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ विश्रामपुरका वर्ष २१ को अलाउदिन अन्सारीलाई नियन्त्रणमा लिइ ना.१ ज १९२१ नम्बरको टाटा सुमो गाडी आफन्तको बीरगंज महानगरपालिका कै वडा नं.१५ गण्डक स्थित घर कम्पाउण्डमा लुकाइ छिपाई राखिएको अवस्थाबाट बरामद गरी सवारी ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बस्नेतले जानकारी गराएका छन् ।