डा. बाबुराम भट्टराईको चेतावनी- सबै नमिले इतिहासले कसैलाई क्षमा गर्नेछैन !

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय नभएको भन्दै अहिले मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला भएको बताएका हुन् ।

उनले सबैले मिलेर आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने चेतावनी समेत दिएका छन् नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो ।

उनले भनेका छन्:

नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म-समीक्षा गरौं ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !

  • Related Posts

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुन ढिला भएको छ  । केन्द्रीय निर्वाचन आयोगले यस अघि ४ बजेदेखि मतदान शुरु हुने बताएपनि विद्युतीय मतदान मेसिनमा उम्मेदवारको…

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    काठमाडौं । मङ्सिर २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 105 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो