तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु

दमौली (तनहुँ), २८ असार : बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।

कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा तीन सय केजी चैते–५ को मूल बीउ उत्पादन सुरु गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । जिल्लामा चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दा उत्पादन घटेकाले चैते धान प्रवर्द्धन कार्यक्रम लागू गरी जिल्लामा बीउ उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । “चैते–५ को उन्नत बीउ छ हजार केजी खरिद गरी तीन सय केजी उत्पादन सुरु भएको छ । बीउ उत्पादन भएपछि आगामी वर्षदेखि चैते धानको बीउ बाहिरबाट ल्याउनुपर्दैन”, लामिछानेले भन्नुभयो । उहाँका अनुसार चैते–५ धान चाँडो पाक्ने, मसिनो दाना हुने, खानामा मिठो, बढी उत्पादन दिने तथा रोग कीरा सहन सक्ने खालको प्रजाति हो । यो जातको बोट मध्यम उचाइको हुने भएकाले सामान्यतयाः सिँचाइ सुविधा भएको मलिलो जग्गामा यसको खेती गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पुरानो बीउ प्रयोग गरिएकाले पनि धान उत्पादन घट्दो क्रममा रहेको भन्दै नयाँ जातको धानको बीउ रोप्नुपर्ने केन्द्रका प्रमुख लामिछानेले बताउनुभयो । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको छ । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअवधिमा वर्षे धानखेती गर्ने क्षेत्रफल चार हजार २० हेक्टर क्षेत्रफल घटेको छ भने दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । “विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन चैत धान उत्पादन भएको छ”, केन्द्रका प्रमुख लामिछानेले भन्नुभयो, “तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै चैत धान उत्पादन हुने गरेको छ । यसअवधिमा चैते धानखेती गर्ने क्षेत्रफल एक हजार नौ सय १० हेक्टर क्षेत्रफल घटेको छ भने तीन हजार आठ सय ४२ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ ।” कार्यालयले चालु आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रमका लागि रु एक करोड ४० लाख बजेट विनियोजन गरेको थियो । विभिन्न १२ सहकारीमार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यो कार्यक्रमका लागि रु एक करोड चार लाख ९५ हजार खर्च भएको छ । यो कार्यक्रमबाट पाँच सय ३४ घरधुरी लाभान्वित भएका छन् । कार्यक्रममार्फत ५६ वटा मिनीटिलर खरिद, एकवटा रिपर हेड, पाँच केज हुइल, तीनवटा धान काट्ने मेसिन, १२ धान चुट्ने मेसिन, एक सय १८ स्प्रेयर, चार सय ४५ त्रिपाल, १८ डिजिटल तराजुलगायत सामग्री खरिद गरी वितरण गरिएको केन्द्रका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    • May 13, 2025
    • 14 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौ द्वारा लाखौं मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू भन्सार चलान-

    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    • May 12, 2025
    • 22 views
    वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    • May 10, 2025
    • 33 views
    सहकारी सशक्तीकरणका लागि एक दिने कार्यशाला सम्पन्न-

    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    • May 8, 2025
    • 49 views
    महानगर र घरधनी बीच समझदारी: बहाल कर अब सम्पत्ति मालिक कै जिम्मेवारी-बहाल कर तिर्न घरधनीहरू नमाने, सेवा कटौति सहित मेयर सिंह द्वारा कारबाहीको चेतावनी-

    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    • May 7, 2025
    • 36 views
    नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-

    • May 7, 2025
    • 37 views
    वीरगंजमा होटल व्यवसायी र महानगर बीच छलफल : व्यवसाय दर्ता, कर प्रणाली र पर्यटकीय गतिविधि प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धता-