तबलावादक जाकिर हुसैनको निधन

काठमाडौँ । विश्व प्रसिद्ध भारतीय तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको निधन भएको सोमबार बिहान परिवारले पुष्टि गरेको छ । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

भारतीय मिडियाले उनका परिवारलाई उदृत गर्दै भनिएको छ, ‘उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए ।’ उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।

उनका पिताको नाम उस्ताद अल्लाहराखा कुरैशी र आमाको नाम बावी बेगम थियो। जाकिरका पिता अल्लाह राखा पनि तबला वादक थिए। जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए ।

मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरेका हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ’लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरेका थिए ।

हुसैनले सन् २००९ मा आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरे । सन् २०२४ मा उनले ३ फरक एल्बमका लागि ३ ग्रामी जिते भने कुल ४ वटा ग्रामी अवार्डबाट उनी सम्मानी भएका थिए ।

  • Related Posts

    म्यानमारबाट तीन नेपालीको उद्धार

    म्यानमारमा सञ्चालन भइरहेको अनलाइन ठगी केन्द्रमा फसाइएका तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली राजदूतावास बैंककका अनुसार विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका…

    काठमाडौँ महानगरमा आधारभूत तह उत्तीर्ण परीक्षा चैत ५ गतेदेखि

    काठमाडौँ महानगरले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ । चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 55 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 89 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 18 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 15 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 42 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 21 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत