तरकारी खेतीबाट वार्षिक रु छ लाख आम्दानी

अत्तरिया (कैलाली), ९ साउन : यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु छ लाख बचत गर्ने गरेको बताउनुभयो ।

“विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिएँ । पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको छु”, चौधरीले भन्नुभयो । अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएको बताउँदै उहाँले वर्षभरिमा सबै खर्च कटाएर रु छ लाखसम्म बचत हुने गरेको जानकारी दिनुभयो । “यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म रु एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेको छु”, चौधरीले भन्नुभयो, “अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ । भिन्डी प्रतिकिलो रु एक सय, बोडी रु दुई सय, करेला रु एक सयमा बिक्री हुने गरेको छ ।” सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताउनुभयो । “उत्पादित तरकारी बेच्न समस्या छैन । धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्छु”, उहाँले भन्नुभयो, “आम्दानीको स्रोत नै यही व्यावसाय हो । यसमा लगानी कम र मेहनत बढी छ । मेहनत गर्दा धान गहुँभन्दा तरकारीमा आम्दानी कमाइ मनग्य हुन्छ ।” पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिनुभयो । “दुई छोरा र एक छोरी विद्यालय पढ्छन् । पढाइलेखाइ, औषधि उपचार सबै खर्च यसबाट सञ्चालित छ”, उहाँले भन्नुभयो, “अन्यन्त्र गएर मजदुरी गर्नु भन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु ।” तरकारी बिक्रीबाटै भएको आम्दानीबाट विसं २०७५ मा चार कोठाको पक्की घर बनाएको चौधरीले बताउनुभयो । सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उहाँको भनाइ छ । सोही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएको छ । रानाले आठ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताउनुभयो । तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

“तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ । सबै खर्च कटाएर वार्षिक रु तीन लाखसम्म बचत हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी बेच्नलाई बजार कुनै समस्या हुँदैन् । नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु ।” स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्राविधिमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 27 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-