काठमाडौँ । तमिलनाडु भेट्टी कझगम (टिभीके) का अध्यक्ष तथा अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्।
दुर्घटनामा ज्यान गुमाएकाको आफन्तलाइ
प्रत्येक परिवारलाई जनही २० लाख सहयोग प्रदान गर्ने बताएका छन् भने उपचार गराइरहेका घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
उनले लेखेका छन्( ुठूलो क्षतिलाई ध्यानमा राख्दै यो रकम नगण्य छ । तैपनि, तपाईंको परिवारको सदस्यको रूपमा, यस समयमा तपाईंको साथमा उभिनु मेरो कर्तव्य हो ।ु
तमिलनाडुका स्वास्थ्य सचिव पी। सेन्थिल कुमारका अनुसार, करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ, जसमा १७ महिला, १३ पुरुष, ४ बालबालिका र ५ बालिका रहेका छन् । साथै ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यसअघि तमिलनाडुका मुख्यमन्त्री एम।के। स्टालिनले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरेका थिए ।








