तालिबान सरकारको दाबि- कारवाहीमा ५८ पाकिस्तानी सैनिक मारिए

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी आक्रमणको प्रतिकारमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेको छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको थियो, तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको बताएका हुन् । उनले ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरे ।

मुजाहिदको दावीको बारेमा पाकिस्तानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेका थिए ।

प्रवक्ता मुजाहिदले झडपका क्रममा नौ तालिबानी कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि बताएका छन् ।

मुजाहिदले आइएसआइएसको प्रमुख पाकिस्तानमा रहेको र संगठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको समेत दाबी गरेका छन् ।

उनले आइएसआइएस अफगानिस्तानबाट हटाइएको दाबी अग्र्दै आइएसआइएसका तालिम केन्द्रहरू पाकिस्तानमा अवस्थित रहेको र अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशविरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउनु नहुने समेत बताए ।

  • Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 18 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 30 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट