काठमाडौँ । आपसी भाइचारासम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ चावहिल मैजुबहालमा तिहार विशेष दैउसी भैलो साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सभासद् माननीय श्रीराम लामिछानेको प्रमुख आतिथ्यतामा मैजुकुमारी सार्वजनिक सम्पत्ति संरक्षण तथा विकास समाजले २०८० सालको शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्बत ११४४ लगायत नेपालीहरूको सम्पूर्ण पर्वहरूको सुखद उपलक्ष्यमा सामुदायिक सेवा भवन परिसरमा कार्तिक २५ गते काग तिहारको दिन कार्यक्रम आयोजना गरेको हो ।
विहान ८ः०० बजेदेखि सुभारम्भ भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि तथा स्थानीय क्षेत्रको विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागि रहेको थियो ।
समाजको कार्यालय व्यवस्थापन गर्नका लागि हामीले देउसी भैलोको अवसरमा टोलबासीहरुसँग गच्छेअनुसारको दान समेत मागेका छौँ समाजकी अध्यक्ष निर्मला पुडासैनीले बताइन् ।


कार्यक्रमलाई सफलता प्रदान गर्न स्थानीय महिला समूह, ज्येष्ठ नागरिक, खेलकुद, विद्यालयका भाइबहिनीहरूले कुशल नृत्य प्रस्तुत गरेका थिए भने मैजुबहालमा रहेका खैजडी भजन समुहका कलाकारहरूले खैजडी भजन तथा दैउसी भैलो खेलेका थिए ।