तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालको वैदेशिक व्यापारमा आयात १९.७९ प्रतिशतले बढेको छ ।

आइतबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आयात १९.७९ प्रतिशत बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार तीन महिनमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३  लाख २१ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको आयात भएको थियो ।   

यस्तै यस आर्थिक बर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार बराबरको निर्यात भएको थियो । 

यस आर्थिक बर्षको तीन महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा कुल वैदेशिक व्यापार २६.०४ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड पुगेको छ । त्यसैगरी तीन महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष १०.१८ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४३ गुणामा झरेको छ ।

  • Related Posts

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधि अध्ययन अन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क  एवं राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार…

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह