तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छाइयो, थप अवरोध नभए आजराती सम्म सकिने

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको ६० प्रतिशत पहिरो पन्छाएर सकिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले हाल नारायणगढ तर्फबाट एक एक्साभेटर र एक लोडर तथा मुग्लिन तर्फबाट २ लोडर र  एक एक्साभेटर उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको जानकारी दिएको छ । यसको अलावा दुवैतर्फ एक एक वटा लोडर तैनाथ अवस्थामा रहेका छन् साथै काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको सडक डिभिजनले जनाएको छ । 

पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको र पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको कार्यालयले बताएको छ ।

पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने,  ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगती हुन नसकिएकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । सडक डिभिजनले कुनै पनि बाधा नआएमा संभवत: आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको जानकारी दिएको छ ।

  • Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट