तोसिमाको रास्वपा नेतृत्वलाई चेतावनी- हिम्मत छ भने विशेष अधिवेशन गर, बुलि र मिडिया ट्रायल नगर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवाद रोकिने संकेत लिएको छैन । सुमना श्रेष्ठले पार्टी छोडेपछि अब निशानामा डा. तोसिमा कार्कीलाई बनाइएको छ । तोसिमाले आफुलाई निशाना बनाइएको विषय सामाजिक सञ्जालमा लेखेकी छन् । उनले आफुलाई पार्टी छोड भनेर मिडिया ट्रायल गरिएको भन्दै आफुले पार्टी नछोड्ने बताएकी छन् ।

उनले कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोजिएको बताएकी छन् । 

उनले हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस् भन्ने चुनौती दिदै पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट आफुसँग रहेको बताएकी छन् ।

उनले भनेकी छन्- 

पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ , समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपुर्ण तरिकाले राजनितिक बिषय उठान गर्दा गेट आउट भनेर बुलि गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।

कहिले राजिनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ?

हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर- लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग । यहि आन्दोलनमै पनि प्रहरीको गोलीबीच हिँडेको मान्छे हो । तिमिहरुको प्रोपागाण्डा र हेपाहा बोली सँग रत्तिभर डराउदैन। 

तिमीहरुले जति नै बुलि र मिडिया ट्रायल गरेपनि राजनितिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्ति छोडेर पनि भाग्दैन । देश बनाउन हिँडेको योद्दा हो । लड्छु ।

  • Related Posts

    विप्लवसहितका नेताहरुले गरे निर्वाचन आयोग पुगेर सनाखत

    काठमाडौँ । नेत्र विक्रम चन्द विप्लवलगायतका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि सनाखत गरेका छन् ।  शुक्रबार महासचिव विप्लवसहितका नेताहरु कान्तिपथस्थित आयोग पुगेर दल दर्ता प्रक्रियाको लागि सनाखत गरेका…

    यी हुन् रास्वपाको राजनीतिक प्रतिवेदनमा मुख्य १० बुँदा

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु भएको छ । शुक्रबार बिहान शुरु भएको बैठकमा रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालले राजनीतिक प्रतिवेदन पेश…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट