थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

कञ्चनपुर । खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँ बस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।

साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काट्नेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्‍याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकादेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए।

उनका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दूर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले बताए। “पूजा हुनुअघिसम्म मादल बजाउन पाइँदैन”, उनले भने, “पूजा सकिएपछि रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन भने छ ।”

गाँधी, गुरियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्छन् । यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ । तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन पनि रहेको छ । केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्छन् । शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाँध्ने कार्य गरिन्छ । आगोले नछोएमा सुभसंकेतका रूपमा लिइन्छ । दुई दिन लगाएर यो पूजा सम्पन्न गरिन्छ ।

पूजा सकिएको दिउँसोदेखि रातभर नाचगान गर्ने गरिन्छ । यो पूजा गरेमा धानबाली सप्रिने र खेतबारीमा हरियाली भइरहने भन्ने विश्वास रहेको जोनापुरका बरका गुरुवा फूलराम चौधरीले बताए । उनका अनुसार पूजाको अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ । थारू समुदायका गाउँमा अहिले यो पूजा गर्ने क्रम सुरु भएको छ ।

  • Related Posts

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ । बैठकमा देशभरका महानगरपालिका, उप-महानगरपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुखहरूको सहभागिता रहेको थियो ।…

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 120 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 17 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 22 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 15 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 18 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 17 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास