दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो (लगुना डढेलो) को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ । भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८ः३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो । भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार घटनास्थलमा पुगेका चालक दलका सदस्यले स्थानीय समयअनुसार बिहान १०ः३० बजेभन्दा केही समयअघि आगोको आकार बढेर ५० एकड पुगेको बताएका छन् । हेलिकप्टरहरू पानीसहित आगो निभाउन लागि रहेका छन् । भेन्टुरा काउन्टीको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “अग्निनियन्त्रकहरूले आक्रामक रूपमा आकाश र जमीनबाट आगो निभाउन सङ्घर्ष गरिरहेका छन् ।” उनीहरूले नजिकको क्षेत्रमा कुनै पनि सम्भावित संरचना खतराको आँकलन गर्दै क्षति न्यूनीकरणको प्रयास गरिरहेका छन्। अधिकारीहरूले क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्यान्ड्स र युनिभर्सिटी ग्लेनलाई पनि खाली गर्न आदेश जारी गरेका छन्। विश्वविद्यालयको परिसरको छेउमा अवस्थित एक आवासीय समुदाय र ‘राउन्ड माउन्टेन÷सतविवामा आगलागी भएको खबर आएको छ र क्याम्पस र वस्तीलाई खाली गर्न आदेश दिइएको छ । अधिकारीहरूले आपतकालीन चेतावनी खिँदै भनेका छन्, “कृपया क्याम्पस परिसर र युनिभर्सिटी ग्लेन÷एन्कापा क्यान्यन तुरुन्तै खाली गर्न शुरू गर्नुहोस् ।”

  • Bishnu Timalsina

    Related Posts

    भारी वर्षाको सम्भावना,चेतावनी जारी

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…

    नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर: मन्त्री खड्का

    एससीओ ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको निङ्पोमा सुरु निङ्बो (चीन), १२ असार/ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको धारणा व्यक्त गर्नुभएको छ। चीनको जेझियाङ प्रान्तस्थित…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 125 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 133 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-