दक्षिण अफ्रीकामाथि भारत ७ विकेटले विजयी

भारतले दक्षिण अफ्रिकाविरुद्धको जारी टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको केवल ११७ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

भारतका लागि अभिषेक शर्माले ३५ रन बनाएका थिए भने शुभमन गिलले २८, तिलक बर्माले २६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले सर्बाधिक ६१ रन बनाए भने डोनोभान फेरेइराले २० रन बनाएका थिए ।  त्यस्तै भारतीय बलर अर्शदिप सिंह, हर्षित राना, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिएका थिए । 

यो जितपछि भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ ।  अब सिरिजको चौथो खेल बुधबार लखनउमा हुने तालिका रहेको छ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ । आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 6 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 13 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 14 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 12 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 5 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय