दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने

काठमाडौँ, १३ माघः दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुग्नुभएका उहाँ चार सय वर्षअघिदेखि दलित र ब्राह्मणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको बताउनुहुन्छ । चार सय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने रीत बसालेका थिए । बनारसीधाममा हाल बाह्मण समुदायका पन्त र दलित समुदायका लोहारले पूजा आराधना गर्दै आएका छन् । यहाँका ब्राह्मणले दलितलाई कुनै छुवाछुत नगर्ने संस्कृतिको विकास भएको छ । ब्राह्मण पुरोहितले दलितका घरमा गएर कर्मकाण्डलगायत कर्मसमेत गर्ने गरेको पनि पन्त बताउनुहुन्छ । ब्राह्मण समुदायका घरमा दलित समुदायले निर्वाध रुपमा प्रवेशसमेत पाउने गरेका छन् । चारसयवर्ष अघिदेखिको अभ्यासले यो गाउँमा कुनै छुवाछुत र भेद्भाव नभएको स्थानीयवासीको अनुभव छ । पाटन नगरपालिका वडा नं ३ मा पर्ने बनारसीधामलाई धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि मेलाले सहयोग गर्ने समाजका अध्यक्ष उत्तरबहादुर चन्द बताउनुहुन्छ । मेलालाई भव्य रुपमा सम्पन्न गराउन समाज लागिपरेको छ । मेलाका बेला बनारसीधाममा कुनै छुवाछुत एवं भेद्भाव नभएको सन्देश दिने खालका कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ । बनारसीधाममा दलितका तर्फबाट पूजाको नेतृत्व गर्दै आउनुभएका धीरे लोहार आफूहरुले दलित भनी भेदभावको अनुभव गर्नु नपर्ने अवस्थाको निर्माण भएको बताउनुहुन्छ । देशभर यस्तो अवस्था बनाउन पनि बनारसीधामको यो उदाहरणले सहयोग गर्ने विश्वास गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 133 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-