दलित समुदायका पत्रकारका अनेक चुनौती

मिर्चैया (सिराहा), ५ साउन : दलित समुदायका पत्रकारले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न विभिन्न चुनौती रहेको बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेद्भाव तथा छुवाछूतका समस्याले पेसा गर्न निकै चुनौतीपूर्व बनेको बताएका हुन् ।

युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारको सञ्जाल निर्माण तथा परिचालन परियोजनाअन्तर्गत मधेस–प्रदेशमा सञ्चालित ‘युएसएआइडी सिभिक सोसाइटी एण्ड मिडिया एक्टिभिटी’ विषयक तालिमका सहभागीले दलित समुदायका व्यक्तिलाई पत्रकार नमान्ने गैरदलित व्यवहारका कारण पेसामा टिक्न समस्या भएको धारणा राखेका हुन् । दलित पत्रकारका लागि आयोजित दुई दिने क्षमता विकास तालिमका सहभागीले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, पत्रकारका रूपमा जाँदा विभेद् गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो गरेका छन् । क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरालगायत पत्रकारिताका लागि आवश्यक सामग्रीसमेत नहुँदा गैरदलित पत्रकारसरह काम गर्न नसकिएको सहभागीको भनाइ छ । तालिमका क्रममा सहभागीले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लेखित प्रावधान पालिकाले नै पालना नगरेको विषयमा छलफल भएको थियो । अहिले पनि जातीय विभेद्का घटना दोहोरिइरहेका र कानुनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको तालिमका प्रशिक्षक डा विजयप्रसाद मिश्रले बताउनुभयो । मधेस प्रदेशका आठ जिल्लाका दलित पत्रकारका लागि आयोजित तालिममा पत्रकारको क्षमता विकासका साथै दलित समुदायका उत्पीडनका घटना उजागर गनुपर्ने दायित्य थपिएको बताउँदै उक्त जिम्मेवारी निर्वाह गर्न चुनौती थपिएको प्रशिक्षार्थीले बताएका छन् । प्रशिक्षक डा मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराउनुभएको थियो । उहाँले दलित समुदायका पत्रकारको सवल र दुर्वल पक्ष अनि चुनौतीहरू निक्र्योल गर्दै यसलाई कसरी अवसरमा बदल्ने भन्नेबारे धारणा प्रस्तुत गर्नुभएको थियो । प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले लेखन÷पत्रकारिताका माध्यमबाट दलित समुदायका समस्या पहिचान गर्ने, समाचार तयार गर्ने, प्रस्तुत गर्ने तरिकाबारे बताउनुभयो । उहाँले सत्यतथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्र पत्रकारको वास्तविक सुरक्षा गर्न सक्ने भएकाले यो पक्षलाई जस्तै प्रतिकूल अवस्थामा पनि छाड्न नहुने सुझाव दिनुभयो । आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद् तथा छुवाछूत अनुगमन समिति निर्माण गरी कार्यान्वयन गराउने क्षेत्रमा क्रियाशील हुन सहयोग पु¥याउने उद्देश्यले क्षमता विकास तालिम आयोजना गरिएको जानकारी दिनुभयो । दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

  • Related Posts

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    पहिलो

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 101 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-