दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।

असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ । स्थिरासन बिहान ८ बजेर ४३ मिनेटमा छ । यसै दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ ।

असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरूमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल पनि ह्वात्तै बढ्ने गर्दछ ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।

यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।

असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ । कोजाग्रत पूर्णिमादेखि दशैंको पनि सकिन्छ ।

  • Related Posts

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज ०३ माघ । तालुक नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज, पर्सा (हाल-जनकपुरधाम धनुषा) का कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग को नेतृत्वमा रहेको निरीक्षण…

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । नेपालगन्ज, ०३ माघ । श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्ष्ता मिथिला समाजको अध्यक्ष् राम…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 78 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 62 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 16 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु