
काठमाडौँ । डोटीको जोरायल गाउँपालिका-४ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशैँ मान्न जाने क्रममा ३७ बर्सिया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो ।
चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीसँगै दशैं मनाउन घर हिँडेकी थिइन् । उनी घर पुग्न नपाउँदै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँभन्दा करिब ५ सय मिटर माथि उकालो चढ्ने क्रममा लडेर करिब ५० मिटर तल कच्ची सडकमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको घाटी र अनुहारमा चोट लागेको बताइएको छ ।