दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे

बेदकोट(कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाईं र सोही ठाउँका १५ वर्षीय अबि दमाईं दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन् । तीमध्ये सौरभको शव फेला परेको छ । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका-५स्थित…

    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    काठमाडौँ । आज आश्विन शुक्ल सप्तमीका दिन अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा…

    पहिलो

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    • October 10, 2024
    • 13 views
    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    • October 10, 2024
    • 13 views
    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    • October 10, 2024
    • 14 views
    बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन

    • October 10, 2024
    • 13 views
    विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन

    अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

    • October 10, 2024
    • 14 views
    अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

    दसैँमा गाउँ नै रमाइलो…

    • October 10, 2024
    • 12 views
    दसैँमा गाउँ नै रमाइलो…