दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

दाङ । सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।

यस वर्ष चामल, नुन र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रडिङ कर्पोरेशन घोराहीले जनाएको छ । चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । संघीय सरकारको निर्णय अनुसार दाङमा यही असोज ७ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

घोराही उपमहानगरपालिका-१८ की सीता चौधरीले घोराहीमा खुलेको सुपथ पसलमा सामान किन्दा प्रतिकिलो रु. पाँच सस्तो पाएको बताइन् । “ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैयाँ सस्तो पाउँदा पनि खुसी लाग्ने रहेछ”, उनले भनिन् “प्रत्येक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।” पसलमा नुन, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ ।

साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नुनमा प्रतिकेजी रु. दुई, चिनीमा रु पाँच, तेलमा रु. सात, चिउरामा रु. सात, पिठो र मैदामा पनि रु. सात छुट दिइरहेको घोराहीका प्रमुख रामबाबु प्रसाद गुप्ताले जानकारी दिए। तुलसीपुरमा सञ्चालित सुपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ । सुपथ मूल्य पसलबाट यो वर्ष एक हजार सात सय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए ।

उनका अनुसार यही असोज ६ गतेबाट सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ । प्रति केजी पाँच रुपैयाँ सहुलियतमा सुपथ मूल्यको पसलबाट चामल बिक्री भएको उनले बताए। स्टिम जिरा मसिनो चामल रु. दुई हजार एक सय २५ मा तथा अरुवा मन्सुली चामल रु. एक हजार पाँच सयमा बिक्री भएको उनले बताए।

  • Related Posts

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई…

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    मेक्सिको । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 21 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 35 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने