दिल्लीमा वायु प्रदूषण ‘घातक’ तहमा

काठमाडौँ । दिल्लीमा वायु प्रदूषणले लगातार बढिरहेको छ । सोमबार बिहान १० बजे, दिल्लीमा औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) ४६९ पुगेको छ, जुन ‘धेरै खराब’ श्रेणीमा पर्दछ ।

यसलाई नियन्त्रण गर्न दिल्लीमा ग्राडेड रेस्पोन्स एक्सन प्लान-३ अन्तर्गत लगाइएका प्रतिबन्धहरू अप्रभावी साबित भइरहेका छन् ।

आइतबार, वायु गुणस्तर सूचकांक ३७० थियो । सोमबार बिहान दिल्लीमा धुवाँको बाक्लो कम्बल देखिएको छ । विज्ञहरूका अनुसार, ३०१ देखि ४०० को एक्यूआईले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ ।

विज्ञहरूले दिल्लीमा बढ्दो प्रदूषणले मानिसहरू बिरामी पर्न शुरु भएको बताएका छन् । धेरै क्षेत्रहरूमा मानिसहरूले सास फेर्न गाह्रो भइरहेको अनुभव गरिरहेका छन् । आइतबार, मानिसहरूले दिल्लीको खराब वायु गुणस्तरको विरुद्ध इन्डिया गेटमा विरोध प्रदर्शन गरेका थिए ।

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

  • Related Posts

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

     विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति ६०० अर्ब डलर नाघेको छ । मस्क यो कुल सम्पत्तिमा पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्। स्पेसएक्सको ८०० अर्ब डलरको मूल्याङ्कन र यसको…

    सिड्नीको बोन्डी बीचको घटना आइएस प्रेरित- प्रधानमन्त्री अल्बानीज

    काठमाडौँ । अस्ट्रेलियाको सिड्नीको बोन्डी समुद्र तटमा १५ जनाको ज्यान जाने गरी भएको सामूहिक गोलीकाण्डपछि, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आक्रमण इस्लामिक स्टेट (आईएस) को विचारधाराबाट प्रेरित भएको बताएका छन् । …

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 108 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो