दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगन्ज, ३० मंसिर । प्रगतिशील युवा क्लब, बीरगंज-१५, लक्षुमनवा, पर्सा मा बिवेक यादवको नेतृत्वमा २ दर्जन भन्दा बढी युवाहरुले सदस्यता लिएका छन् । बिधान बमोजिम उनीहरुलाई सदस्यता प्रदान गरिएको क्लबका अध्यक्ष ईश्वर यादवले बताएका छन् ।
क्लबका सदस्यता ग्रहण गर्ने क्रममा युवाहरु क्लबको मर्म एवं भावना अनुरुप समाज सेवा क्षेत्रमा अगाडी बढने एवं समृद्ध समतामुलक समाजको निर्माणमा अगाडी बढने प्रतिब्धता व्यक्त गरेका छन् ।
सदस्यता लिनेहरुमा विवेक यादव, सुशील यादव, सुदर्शन गुप्ता, सुबोध गुप्ता, बजरंगी पटेल, पपू यादव, उदय गुप्ता, पुरण गुप्ता, रोशन गुप्ता, अभिमन्यु यादव, राम पटेल, नासिर राय, श्यामसुन्दर गुप्ता, साजन सर्राफ, महेश शाह कानु, सागर पाल, अभिषेक गुप्ता, नितेश पटेल, रुपेश पाल, दिपेश पाल, दिपेश यादव, साहिल हवारी, क्रिस पटेल, विजय पाल, सुरज गुप्ता, अरविन्द कुशवाहा, जयशंकर गुप्ता, सुबास ठाकुर, गौरीशंकर गुप्ता, विकी सर्राफ लगायतका रहेका छन् । क्लबमा नयाँ सदस्यता लिइएकाहरुलाई अध्यक्ष यादवले टिका एवं खादा ओढाएर क्लबमा सदस्यता प्रदान गरेका छन् ।