बीरगंज, १८ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नं.५ कुम्हाल टोल बस्ने वर्ष ६२ को हिमाल गौतमको ना. ६४ प ९६०० नम्बरको कालो रंगको FZ मोटरसाईकल शनिबार राति करिब ११:०० बजे आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको सूचना प्राप्त हुनासाथ यस कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको चेकिङ टोलीले उल्लेखित नम्बरको मो.सा.सहित निम्न २ जना व्यक्तिहरू क्रमशः बीरगंज महानगरपालिका वडा नं. १० रानीघाट बस्ने बर्ष १८ को कुन्दन साह र रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा ६. ०७ बस्ने बर्ष १८ कै रक्की भन्ने राहुल सिंह लाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।

साथै सोही दिन करिब ०७:२५ बजेको समयमा पर्साको ठोरी गाउँ पालिका वडा नं.१ बस्ने वर्ष ४० को शिवशंकर मण्डलको बा. प्र. ०३ प ५३०४ नम्बरको रातो कालो रंगको सुपर स्प्लेण्डर मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी भएको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले उल्लेखित नम्बरको मोटरसाइकल सोही बस्ने वर्ष २५ को निरज सुनुवारको घरमा त्रिपाल र प्लाष्टिकले लुकाइछिपाई राखिएको अवस्थाबाट बरामद गगर निरज सुनुवार समेत लाई नियन्त्रणमा लिई चोरी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पनि पर्सा प्रहरीले आइतबार जनाएको छ ।