दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ असार । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेरवा सुगौली गाउँपालिका वार्ड नं. ०१ मा लाग्ने भाथाधाम मेला लाई लक्षित गरी आज एक कार्यक्रमका विच पत्रकार समिति गठन गरिएको छ ।

शम्भु महत्तो चौधरीको संयोजकत्वमा गठन भएको पत्रकार समितीले श्री श्री १००८ श्री बाबा दुधेश्वर नाथ महादेव मन्दिर भाथा धाममा लागने श्रावणी मेलालाई पर्सा जिल्ला लगायत देश तथा बिदेशमा समेत चिनाउने उद्देश्यले समिति गठन गरिएको छ ।

चौधरीको संयोजकत्वमा गठन भएका पत्रकार समितीले विगतको वर्षमा झै यस बर्ष पनि भारत लगायत विभिन्न देश बाट आएका श्रद्धालु भक्तजनहरुलाई भएको विभिन्न समयलाई सहज पार्न समितिले अहिले देखि नै सक्रिय भएर काम सुरु गरेको छ ।

विभिन्न ठाउँ बाट आउने श्रधालुहरुलाई दर्शन गर्न लगायत बाटोमा हुने विभिन्न समस्याको समाधान तथा सहजताको लागी मूल समिति तथा जिल्ला को प्रशासनिक निकायहरु सित अहिले देखी नै समितीले पहल गर्ने छ ।

यसै गरी समितिका सदस्यमा राजेन्द्र सिंह राजपुत, शैलेश गुप्ता, कृष्णा कुशवाहा, पनालाल साह, राजन सिंह, बलिराम यादव लगायतका रहेका छन ।

साथै समितिका सम्पूर्ण सदसयले आ आफ्नो तर्फ बाट भाथा धाम मेलाको प्रचार प्रसार तिब्र रूपमा गर्ने सहमती गरेका छन । असार २९ गते आइतवार भाथा धामको अवलोकन समेत गर्ने सर्व सहमती बाट निर्णय गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    दीपेन्द्र प्रजापति/कालो झोला । सप्तरी, ०६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मधेश प्रदेशको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको बुधबार बिरगंज स्थित…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 22 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-