दूधको रकम भुक्तानी गर्न माग

काठमाडौँ, ५ असार : किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।

सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताउनुभयो । उहाँका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्रि नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो ।

“किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो । दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

  • Related Posts

    जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द

    पर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वन जंगलमा खेर…

    पृथ्वी राजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

    तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 79 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 62 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 16 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु