देउसी भैलोमा मौलिकताको खोजी

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ । यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ । त्यो भनेको देउसी भैलो खेल्नु ।

देउसी भैलोको आफ्नै विशेषता छ । त्यसको आफ्नै लय छ । एउटाले भट्याउने र अरु सहभागीले देउसी रे वा भैलो भन्ने गर्छन् । तर पछिल्ला दिनमा देखासिकी बढ्दै गएको छ । चर्को स्वरमा गीत बजाएर ध्वनी प्रदूषण नै हुने गरी युवाले संस्कृतिको नाममा विकृति फैलाइरहेको गुनासो व्याप्त छ ।

आधुनिकताको नाममा देउसी भैलो गाउने तरिका बदलिएको छ । खासगरी देउसी पुरुष र भैलो महिलाले खेल्ने परम्परा भए पनि शहरी क्षेत्रमा त्यो विशेषता समेत हराएको छ । विगतमा राम्रो तयारी गरेर युवा पुस्ताले देउसी भैलो खेल्थे । पहिले पहिले पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाउँथे, देउसी भैलो खेल्थे । आर्शिवाद थाप्थे र आफ्नो गच्छे अनुसार, दक्षिणा दिन्थे । आजकल भने तोकेर नै दक्षिणा माग्ने प्रवृत्ति मौलाएको छ । देउसी भैलोबाट उठेको रकम आफूखुसी खर्च गर्ने वा सामाजिक काममा उपयोग गर्ने भन्ने बारेमा पनि फरक फरक मत छ ।

देउसीमा मजुरा, मादल बजाउने, वरिपरि घुमेर भट्याउने प्रचलन थियो । विद्युतीय सामग्रीको प्रयोग गरेर खेल्दा परम्पराको जगेर्ना नहुने आम गुनासो रहँदै आएको छ । नयाँ पुस्तालाई मौलिक संस्कार र पहिचानका बारेमा सचेत गराउनुपर्ने मत पनि उत्तिकै बलियो बन्दै गएको छ ।

सांस्कृतिक पक्ष कम, मनोरञ्जन बढी हुँदै जाँदा देउसी भैलोको परम्परागत महत्त्व समेत ओझेलमा परेको छ । स्थानीय लोकबाजाको प्रयोगमा कमी आएको छ । खासगरी पैसा संकलनको मात्रै माध्यम बनाइँदा त्यसले विकृति फैलाउन सहयोग पुर्‍याएको देखिन्छ । तिहारलाई पारिवारिक सम्बन्ध र संस्कारको पर्वका रूपमा लिइन्छ । यमपञ्चकका रूपमा चिनिने यो पर्व पाँच दिन मनाइन्छ । खासगरी धन दौलत वैभव र सुखसँग जोडिने भएकाले पनि यस पर्वलाई समृद्धिको पर्वका रूपमा पनि लिइन्छ ।

काग, कुकुर, गाई, गोरुको समेत पूजा गरिने भएकाले तिहारलाई प्रकृतिसँग एकाकार भएको पर्वका रूपमा हेरिन्छ । यस पर्वको महत्वसँगै सयपत्री, मखमली र गुर्दौली फूल, र सेल रोटी पनि सँगै जोडिएर आउँछ । आधिकारिक रूपमा केही तथ्य प्रमाण नभए पनि नेपालको मध्यकालदेखि देउसी भैलो सुरु भएको किंवदन्ती छ । जुम्लाको खस राज्य र बलीसँग यसको सांस्कृतिक पक्ष जोडिएको समेत बताइन्छ ।

देउसी रे वा देवश्री यसलाई देवताको आर्शिवादका रूपमा लिइने सांस्कृतिक मूल्य र मान्यता छ । परम्परादेखि नै तिहारमा गाइने देउसी र भैलोले नेपाली समाजलाई उत्सवमय बनाएको छ । यसलाई उत्सव, उल्लास र उत्साहको गीतका रूपमा पनि लिइन्छ । तर, संस्कृति जगेर्नाको नाममा भइरहेको गलत क्रियाकलापलाई भने छुट दिन नहुने मत पनि उत्तिकै छ । देउसी र भैलो नेपाली समाजमा सांस्कृतिक धरोहरका रूपमा परिचित छ । ग्रामीण तथा शहरी क्षेत्रका प्रत्येक टोल टोलमा खेलिने भए पनि पछिल्ला दिनमा विकृति बढेको साहित्यकार डा. घनश्याम पुडासैनी बताउँछन् ।

“म ७२ वर्षको भए, पहिले देउसी भैलो खेल्दा मौलिक स्वरूपमा हुन्थ्यो । अहिलेको समयमा मौलिक परम्परालाई छाडेर शिष्टताभन्दा आधुनिकता केन्द्रित छ । मौलिकता हराएको छ”, उनले भने । अहिलेको युवा पुस्तामा तिहारमा देउसी भैलोभन्दा आधुनिक गीततिर केन्द्रित भएर हिँडेको देखिएको उनको भनाइ छ ।

लेखक देवेन्द्र अर्यालले पहिलेको देउसी भैलो संस्कृति, मूल्य तथा मान्यतासहितको हुने गरे पनि पछिल्ला दिनमा आधुनिकताको नाममा विकृति बढ्दै गएको बताए । “देउसी भैलोको आफ्नै लयको गीत हुन्छ । वेशभूषा पनि त्यस्तै हुन्थ्यो । तर पछिल्ला दिनमा मोबाइल, स्पिकर बजाउने चलन मौलाएको छ । आधुनिक भनिएका गीत संगीतमा केन्द्रित भएको छ”, उनले भने ।

सम्पदा संरक्षणमा लाग्दै आएका टोखाका मनिराज डंगोल पनि देउसी र भैलोको नेपाली मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्छन् । “पहिलाको देउसी भैलो घर घरमा गई मौलिक रूपमा खेलिन्थ्यो । अहिले मौलिकभन्दा भद्दा बढी हुन थालेको छ”, उनले भने ।

यमपञ्चकको कथामा भट्याएर खेलिने देउसी भैलो आजकल रेकर्ड गरिएको गीत बजाउने मात्रै गरिँदा मौलिकपन हराउँदै गएको छ । नेपाली, कला, संस्कृति र परम्परासँग जोडिएको यस पर्वलाई विकृति र विसंगतिमुक्त बनाउँदै भावी पुस्तालाई समेत जानकारी गराउनु आवश्यक छ । सांस्कृतिक अतिक्रमण बढ्दै गएको सन्दर्भमा तिहार र यससँग जोडिएको मौलिकतालाई विस्तार गर्नु जरुरी छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-