देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा बिहानीपख हल्का हुस्सु लाग्ने सम्भावना भएको जनाउँदै विभागले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • Related Posts

    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजाइनकर्तालाई रु. १५ हजार पुरस्कार दिइने भएको छ । प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्नका लागि प्रस्ताव माग गरिएको छ । नगरपालिकाको चिनारी…

    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा अब अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।…

    पहिलो

    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    • December 11, 2024
    • 11 views
    शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न डिजाइनकर्तालाई पुरस्कार दिइने

    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    • December 11, 2024
    • 9 views

    • 12 views
    अञ्जन श्रेष्ठपछि महासंघ अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

    निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

    • December 11, 2024
    • 12 views
    निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच मूल्य घटाउने सहमति

    वर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छ

    • December 11, 2024
    • 12 views
    वर्षमान पुनले भने-मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक छ