देशभरका यी राजमार्ग छन् पूर्णरुपमा अवरुद्ध छन्

काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । काठमाडौँ ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न सडक अवरुद्ध बनेका छन् । 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार बिहान १० बजेसम्म देशका १३ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । 

अवरुद्ध राजमार्ग:

१- संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलामा कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

२- इलाम जिल्ला भित्रको मेची राजमार्गमा रातको समय (रति ७ बजेदेखि बिहान ६ बजेसम्म) मा सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 

३- पाँचथरको तुम्वेवा गाउँपालिका-२ र धनकुटाको चौबिसे गाउँपालिका-४ सिमानाको तामोर कोरिडोर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध । 

४- ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सिमानाको सिद्धिचरण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

५- काभ्रेपलाञ्चोकको कोस्किसकुना विरुवाडाडा, नमोबुद्ध नगरपालिका चौकीडाडा, रोशी गाउँपालिका ७, ९. ११ र नार्केसहित विभिन्न स्थानको विपी राजमार्ग अवरुद्ध भएको छ । 

६-  रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२, तातोपानी बलुवाखानी, घट्टेखोला र फ्याङलुङसहितका नेपाल र चीन जोड्ने नाका, पासाङल्हामु सडक पूर्ण रुपमा अवरुद्ध । 

७ सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अकरेभिर, मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध । 

८- रामेछापको मध्यपहाडी लोकमार्ग (खाँडादेवी गाउँपालिका-१ खैरेनी घाट) पूर्णरुपमा अवरुद्ध । 

९- मुस्ताङकोजोमसोम कोरोला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

१०- म्याग्दीको बेनीदरवाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध । 

११- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दी, सडक एकतर्फी भएको छ । 

१२- डोल्पाको भेरी कोरिडोर पूर्ण रुपमा अवरुद्ध । 

  • Related Posts

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    ।काठमाडौँ । प्रहरीले बाँके र नवलपरासीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।   बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक