देशलाई ‘धम्काउने’ होइन, ‘प्रेरित गर्ने’ जेनजी चाहियो !

नेपाल अहिले एउटा विचित्र मोडमा छ । परिवर्तनको नाममा, विद्रोहको नाममा र ‘नयाँ सोच’ को नाममा धेरै कुरा भइरहेको छ । तर, त्यसका बीचमा एउटा खतरनाक प्रवृत्ति मौलाउँदै गएको छ, असंयमित आलोचना र धम्कीपूर्ण संस्कार । विशेषगरी नयाँ पुस्ता, जसलाई हामी ‘जेनजी’ भन्छौं, उनीहरूमा आफूलाई ‘ठिक’ सावित गर्न अरूको मनोबल तोड्ने, हरेक कुरा तुरुन्तै सामाजिक सञ्जालमा उछाल्ने, र आफ्नो असन्तुष्टि जनाउने हतारो हावी भएको देखिन्छ ।

अघिल्ला पुस्ताले ‘कर्म गर, फल आफैं बोल्छ’ भन्ने विश्वासमा काम गरे । आज भने, हरेक कर्मभन्दा पहिले ‘पोष्ट’ आउँछ, र फलभन्दा पहिले ‘ट्रोल’। धैर्य, अनुशासन र बफादारीभन्दा तुरुन्तै परिणाम देखाउने मोह बढ्दो छ । कतिपय युवाले आफ्नो असन्तुष्टि तुरुन्तै सामाजिक सञ्जालमा पोख्छन्, र कहिलेकाहीँ संस्थाभित्रका अनुभवी कर्मचारीलाई ‘पुरानो सोचका’ भनेर व्यङ्ग्य गर्छन् ।

कतिपय उच्च ओहोदामा राजनैतिक नियुक्ति होला, कर्मचारी तन्त्रमा व्यापक परिबर्तन जरुरी होला तर राष्ट्र र राष्ट्रियताको सवालमा कुनै पनि जेनजीले व्यक्तिगतरुपमा धम्कीको रुपमा गैरकानुनी तरिकाले थर्काउने धम्काउने गर्न हुदैन,  वास्तविकता के हो भने, संस्थाको मेरुदण्ड नै अनुभवी कर्मचारी हुन् । उनीहरूको अनुभव, लगनशीलता र इमानदारी नै संस्थालाई स्थिर बनाउँछ । त्यस मेरुदण्डमा जब अनावश्यक दबाब, आलोचना र धम्की आउँछ, संस्थाको आत्मा नै कमजोर हुन्छ ।

अहिलेको नेपालको कार्यसंस्कृतिमा ‘जहाँ पाए तेही जाने, जे भन्यो तेही गर्ने’ प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा कुनै पनि निर्णयमा गहिरो सोच, अनुसन्धान वा दीर्घकालीन दृष्टिकोण कम देखिन्छ । छोटो अवधिको लोकप्रियता र तात्कालिक प्रतिक्रियाले रणनीतिलाई विस्थापित गरेको छ ।

यो केवल सरकारी कार्यालयको समस्या होइन, यो राष्ट्रिय स्तरको प्रवृत्ति बनिसकेको छ । कसैले सत्य कुरा गरे भने ‘पुरानो सोच’ भन्नु , जसले गर्दा योग्य, इमानदार र जिम्मेवार कर्मचारीहरूको मनोबल गिरिरहेको छ । जब कुनै संस्थामा इमानदार कर्मचारीको कदर हुँदैन, र चाकरी, डर, तथा गालीको वातावरण हावी हुन्छ, त्यसको प्रभाव संस्थाभन्दा टाढा, राष्ट्रसम्म पुग्छ। कर्मचारीको मनोबल घट्नु भनेको राष्ट्रको कार्यक्षमता घट्नु हो ।

हिजो दुई-तिहाइको शक्ति भएका नेताहरू आन्दोलनको भुमरीमा परे । कुनै समय शक्तिशाली ठानिएका व्यक्तिहरू पनि कानुनको दायराभित्र आउन बाध्य भए । सन्देश स्पष्ट छ, कोही पनि कानुनभन्दा माथि छैन । जेनजीको नाममा अतिवादी बन्नु होइन, समयमै सचेत भएर सुधारको बाटो रोज्नु जरुरी छ, इतिहास मा सबैले एक दिन जवाफदेहि बन्नु नै पर्छ ।

हामीलाई नयाँ सोच त चाहिएको हो, तर त्यो सोच आदर, अनुशासन र संयममा आधारित हुनुपर्छ । जेनजीको ऊर्जा, सृजनशीलता र प्रविधि ज्ञान प्रशंसनीय छ, तर त्यसमा संस्कार र सहिष्णुता मिसिन जरुरी छ । कसैको सम्मान घटाएर आफू ठूलो देखिन खोज्नु सुधार होइन, अहंकारको रोग हो । देश बनाउने काम भाषण र पोस्टले होइन, निरन्तर इमानदार प्रयास र एकअर्काप्रति सम्मानबाट हुन्छ ।

नेपाललाई अहिले चाहिएको कुरा ‘धम्काउने’  होइन, ‘प्रेरित गर्ने’ नेतृत्व हो । हरेक युवा, कर्मचारी र नागरिकले आफ्नो कामप्रति गर्व गरि  पारस्परिक आदर स्थापित गर्ने  सक्ने वातावरण बनाउनु नै हाम्रो साझा जिम्मेवारी हो ।

लेखक – किरण राज गौतम 

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    यस्तो छ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी

    काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह