धनगढी-स्याउले सडक कालोपत्र

कैलाली। धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक हस्तान्तरण गरिएको छ ।

योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडक खण्ड अन्तर्गत १३ दशमलव चार किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै गत साउनको अन्तिम साता ठेकेदार कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गरेको हो ।

ठेकेदार कम्पनीले सडक कालोपत्र गर्ने काम सम्पन्नपछि सो सडक खण्डमा ट्राफिक संकेत अन्तर्गत जेब्राक्रसिङ, सडक बोर्ड मार्किङ राख्नेलगायत सबै काम मापदण्ड अनुसार सम्पन्न गरिसकेकाले साउनमै आयोजना कार्यालयलाई हस्तान्तरण गरेको उनले बताए

आर्थिक वर्ष २०७९/८० मा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन । सो सडक निर्माणका लागि आव २०८०/८१ मा संघीय सरकारले रु. २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र सुरु भएको थियो । धनगढी-स्याउले-हाट खोली जाने बाटोसम्म १३ दशमलव चार किमी सडक कालोपत्रको काम गत असारमा नै सम्पन्न भइसकेको उनले बताए।

धनगढी-स्याउले सडक खण्ड १३ दशमलव चार र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए । धनगढी–स्याउले सडकमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ सालमा पीपल चौताराबाट स्याउले महेन्द्र राजमार्गभन्दा तीन किमी अगाडि १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न रु. १६ करोड ४० लाखमा ठेक्का भएको थियो ।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चार खण्डमा सडक निर्माण हुँदै गरेकामा धनगढी–स्याउले सडकमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडक खण्डमा काम हुँदैछ । डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किमी सडक कालोपत्रको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

दिपायल खण्डमा आश्रय-प्रशंसा-दुनिला जेभीले सडकको काम गरिरहेको छ । विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन ।

विसं २०६४ मा खुटिया-दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यस बेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले-धनगढीसम्मको १० किमी सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो ।

धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभञ्ज्याङ ‘फास्ट ट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 26 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 28 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 41 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 19 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 31 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद