धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइते २४ जनाको ट्रमा र कलंकीमा उपचार हुदै

धादिङको भैसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । गएराती पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

बसमा चालकसहित कुल ४४ जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । बसमा २९ पुरुष र १५ महिला थिए, जसमा हालसम्म १९ जनाको मृत्यु पुष्टि भएको छ भने २५ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । 

घाइतेहरूलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज, कलंकीमा रिफर गरिएको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा २४ वर्षीय ब्रिटिश नागरिक स्टीवार्ट डोमिनिक इथान, कास्कीका करिब ४० वर्षीय विवेक बस्तोला, स्याङ्जाका घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका करिब ४० वर्षीय ओमकुमार मल्ल, धादिङका करिब ३० वर्षीय ….ठकुरी, तनहुँकी करिब ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका करिब ४२ वर्षीय लोप्साङ गोले, तनहुँका करिब ४५-४६ वर्षीय हरिप्रसाद सिग्देल, पाल्पाका करिब ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन् ।

यसैगरी केही मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक करिब ३०-३२ वर्षीय पुरुषको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य अज्ञात मृतकहरूमा विभिन्न उमेर समूहका पुरुष तथा महिला रहेका छन् ।

हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १४ जना घाइते उपचाररत छन् । त्यस्तै नेशनल मेडिकल कलेज, कलंकीमा उपचाररत १० जना घाइते उपचाररत छन् । उपचाररत केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

  • Related Posts

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय