धारा बने पनि पानी आएन

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो। तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन।

बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन्। सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो।

आयोजनाको पूर्वाधार निर्माणपछि एक पटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताइन्। उनले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताइन्।

विसं २०४८ मा बागलुङ-पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बांगेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका-१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्ष अघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारा मात्रै रहेको छ।

उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्यांकी र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताइन् । १७ घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् ।

‘घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन,’ लक्ष्मीले भनिन्, ‘अहिले वैकल्पिक रूपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्‍याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ।’

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्‍याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु. ३० लाख खर्च भइसकेको छ। माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् ।

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताए ।

स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएको बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिए। उनले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताए। उनले माझी समुदायले लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताए ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 118 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-