धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

मकवानपुर । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा’ आयोजना हुने भएको छ । उक्त यात्रा हेटौँडाको एडभेञ्चर क्लब आयोजना गर्न लागेको हो ।

क्लबले आज पत्रकार सम्मेलन गरी बागमती प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सुशील सुवेदीका अनुसार हेटौँडा उपमहानगरपालिका-४ स्थित महादेव मन्दिरबाट प्रारम्भ हुने मोटरसाइकलसहितको यात्रा भुटनदेवी मन्दिर, पाथीभरा मन्दिर, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाइ मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क पुग्ने छ ।

हेटौँडाका विभिन्न क्षेत्रको भ्रमणपछि सोही दिन यात्राको टोली मकवानपुरगढीस्थित दरबार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर मन्दिर, मनमोहन उद्यान कमाने हुँदै वनदेवी मन्दिरबाट पुनः हेटौँडास्थित महादेव मन्दिरमा पुगेर समापन हुने अध्यक्ष सुवेदीले बताए ।

‘हेटौँडा सम्पदा यात्रा’ मा ३ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सुवेदीले बताए । यात्रामा सहभागी हुन दर्ता शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब…

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा मंगलबार एक कार्यक्रमका विच नापतौल सम्बन्धी एक दिने…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 30 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 37 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने