दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २१ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको संयुक्त बिशेष प्रहरी टोलिले बिशेष सुचनाको आधारमा बुधबार दिउँसो करिब ०४:३० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. १६, चालिसफिटे स्थित सडक खण्डमा BR 01 PG 6577 नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई कानूनी रीतपुर्याई चेक जाँच गर्दा सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू. १ सय दरको नोट ४ सय ५० थान र रु. ५ सय दरको नोट ७२ थान गरी जम्मा नेपाली नक्कली नोट रु. ४ लाख ८६ हजार र सक्कली रु. १ सय दरका नोट २ सय थान गरी जम्मा नेपाली नोट रु. २ लाख फेला परेको हुँदा उक्त गाडी चालक सर्लाही जिल्लाको गोडौता नगरपालिका वडा नं. १२, मधुवनी गाँउ बस्ने बर्ष ३४ को आनन्द बर्दन सिंह र गाडीमा सवार बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०३ बस्ने बर्ष ३६ को ओम प्रकाश साह समेतलाई उल्लेखित नम्बरको स्कार्पियो गाडी, नक्कली र सक्कली नोट सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई निजहरु बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) बिहीबार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमती प्रदान गरी थप अनुसन्धान कार्य भई रहेको कुरा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी ले बताएका छन् ।