
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १६ जेष्ठ । ईलाका प्रहरी कार्यालय, पोखरिया, पर्साले सोमबार बिहान करिब ०८:३० बजेको समयमा नक्कली नेपाली नोट सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ०६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रू. १ हजार दरका नोटहरू साट्दै गरेको सूचना प्राप्त भई त्यहाँ बाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नेपाली नक्कली नोट रु. १ हजार दरका थान-२० ( बीस हजार ) सहित पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०८ बस्ने बर्ष १९ को रामबाबु साह तेली तथा पर्सा कै पटेर्वा सुगौली गाउँ पालिका घर भई हाल बहुदरमाई नगरपालिका वडा नं. ०८ मै बस्ने बर्ष २० को अजय सहनी लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा नै ल्याई निजहरू विरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कुरा पर्सा प्रहरीले जनाएको छ । अभियुक्त:- राजाबाबु साह तेली उमेर:- १९ वर्ष ठेगाना:- पक्राउ मिति:- २०७९।०२।१६ गते । मुद्दा:- मुद्रा सम्बन्धी कसुर अभियुक्त:- अजय सहनी उमेर:- २० वर्ष ठेगाना:- पक्राउ मिति:- २०७९।०२।१६ गते । मुद्दा:- मुद्रा सम्बन्धी कसुर