नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा जागिर खाने भारतीविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत भारतीले नक्कली प्रमाणपत्र प्रयोग गरेर सरकारी सेवामा प्रवेश गरेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले २०५५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएको भनी सिनं ०२५२४३१एम उल्लेख गरिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको जनाइएको छ।

अख्तियारका अनुसार उक्त नक्कली प्रमाणपत्रका आधारमा उनले देवघाट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा काम गर्दै राष्ट्रसेवकको हैसियतमा विभिन्न सुविधा लिएका थिए ।

यसरी झुट्टा प्रमाणपत्र प्रयोग गरी पद प्राप्त गरी गैरकानुनी लाभ लिएको पुष्टि भएपछि भारतीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ उपदफा १ बमोजिम कैद र जरिवाना सजाय माग गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

  • Related Posts

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।…

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट गरेको छ ।  सरकारले सार्बजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा हातहतियारको प्रतिस्पर्धाबाट टाढा रहने र परराष्ट्र नीतिमा सन्तुलित…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 10 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव