नदै गुफा प्रवर्द्धन गरिँदै

जुम्ला । जुम्लाको तिला गाउँपालिका-९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले रु ८१ लाख २६ हजारको बोलपत्र आह्वान गरेको जानकारी दिए ।

गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि संघीय सरकारबाट प्राप्त ससर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उनले बताए। संघीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिङ्ग र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ ।

वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागिसमेत सङ्घीय सरकारबाट बजेट व्यवस्थापन भएको छ । “अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ । यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेका देख्न सकिन्छ”,उनले भने,“यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ । साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।”

गुफा ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो रहेको छ । उक्त गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन । प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासी समीर बोहोराको भनाइ छ ।

तिला-९ का हेमराज रावतले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्न सकेको छैन । यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने उनको विश्वास छ ।

वडाध्यक्ष रावत भने स्वदेश तथा विदेशसम्म गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले यसै वर्ष सम्मेलनसमेत गर्ने तयारी भएको जानकारी दिए। “पूर्वाधार निर्माणका साथै प्रचारप्रसारका लागि सम्मेलन गर्ने योजना छ । त्यसले स्थानीयको चिन्ता सम्बोधन र हाम्रो चाहना पूरा गर्न सघाउ पुग्नेछ”, उनले भने ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-