पोखराबाट पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकअन्तर्गत कास्कीको पोखरा महानगरपालिका वडा नं २३ भदौरे तामागीमा भिर फुटाएर खोलिएको नयाँ ट्रयाक । पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुखुउराम पोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलब २१८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रे गरेको छ । तस्बिरः रासस