नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारको सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न निर्देशन दिएको छ ।

देशका सबै मेडिकल कलेज र अस्पताललाई निर्देशन दिदै मन्त्रालयको गुणस्तर मापने सभी नियमन महाशाखाले सो निर्देशन दिएको हो 

साथै महाशाखाले गुणस्तर मापने सभी नियमन महाशाखा मन्त्रालयबाट मिति २०६१ मङ्सिर २७ को निर्णयानुसार नर्सिङ्ग एवं स्वास्थ्यकर्मीहरुको सुविधा सम्बन्धमा बुँदा कार्यान्वयनका लागि पत्राचार भएकोमा सोको कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र कार्यान्वयन अवस्था बारे मन्त्रालयमा प्रतिवेदन गर्न निर्देशन दिएको छ ।

महाशाखाले स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्नुपर्ने, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक प्रमाणपत्रहरु कार्यालयले राख्न नपाईने, अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ्ग लगायत अन्य स्वास्थ्यकमीहरुको पारिश्रमिक बैकिङ्ग प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

  • Related Posts

    नर्सहरुको आन्दोलन जारी रहने

    काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी,…

    सरकारले अझै सुनेन नर्सका माग, आजपनि दुई घण्टा प्रदर्शन

    काठमाडौं । सरकारी ऐनले व्यवस्था गरे अनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलित नर्सहरुको आन्दोलन जारी रहेको छ । शुक्रबार पनि नर्सहरुले आफ्नो कार्यस्थलमा अत्यावश्यक बाहेका सेवा बन्द गरेर…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 37 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 33 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट