दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १३ जेष्ठ । वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरको सरसफाइ र सडकको अवस्था बारे आफै घुमेर अनुगमन गरेका छन् ।

महानगरपालिकाको सरफाइ शाखाका कर्मचारीहरुलाइ संगै लिएर अनुगमनमा निस्किएका मेयर सिंहले सडक र नालाको जायजा लिदै सडक र नालाको सरसफाइ तुरन्त गर्न कर्मचारीलाइ निर्देशन पनि दिएका छन् । उनले महानरको सरसफाइको ठेक्का लिएका कम्पनिका कर्मचारीलाइ पनि सडक र नाला सरसफाइमा हेलचेक्रयाइ नगर्न निर्देशन पनि दिएका छन् ।

शुक्रबार मध्यान्ह देखि वीरगन्जको घण्टघार , माइस्थान हुदै घडीअर्वा सम्म पुगेर मेयर सिंहले सडक र नालाको सरसफाइको स्थलगत अनुगमन गरेका हुन् । सडक र नालाको अनुगमन पछि रजतजयन्ति चोकमा पुगेका मेयर सिंहले त्यहा पटके सवारी कर असुल्ने ढाटको पनि अनुगमन गर्दै सिंहले पटके सवारी कर असुल्ने ढाट राखिएको अहिलेको स्थान महानगरको नभइ त्रिभुवन राजपथ मातहत क्षेत्रको सडक भएकाले २४ घण्टा भित्र त्यहाबाट ढाट हटाउन ठेकेदारलाइ निर्देशन दिनु को साथै ढाटमा रहेको ठेकेदारका कर्मचारीबाट रसीदको ठेली पनि जफत गरेका छन् ।

त्यस्तै महानगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षका लागि सवारी पटके कर उठाउनका लागि महानगरको सडकमा मात्रै अनुमति दिएको भएपनि ठेक्का लिएका ठेकेदारले भने अहिले कर असुली रहेको स्थान महानगरपालिकाको क्षेत्राधिकार भित्रको सडक नरहेको भन्दै आलोचना पनि हुदै आएको थियो । नवनिर्वाचित मेयर सिंहले शुक्रबार नै नेपाल भारत मूखय प्रवेशद्वार शंकराचार्य गेट को पनि निरिक्षण गर्दै त्यहाको सरसफाइ र सौन्दर्यताको काम तत्काल थाल्न कर्मचारीलाइ निर्देशन दिने बित्तिकै तत्कालै सरसफाई को काम पनि शुरु भईसकेको छ ।