नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पाँचौ वार्षिक उत्सव सम्पन्न-हाम्रो देशको प्राथमिक आवश्यकता नै खाने पानी र सरसफाई हो-मंत्री यादव

दीपेन्द्र प्रजापति/कालो झोला ।

काठमाडौं १९ माघ । चन्द्रागिरी नगरपालिका वडा नं. ०२ मा रहेको नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, नागढुङ्गा, काठमाडौँको पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

प्रमुख अतिथिको रूपमा सहभागी भएका खानेपानी मंत्री प्रदीप यादवले हाम्रो देशको प्राथमिक आवश्यकता नै खाने पानी र सरसफाई हो । यो केवल आधारभूत अधिकार मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि हो भन्ने धारणा प्रस्तुत गरेका छन् ।

यसै गरि हाम्रा नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी हो । स्थानीय स्तरमा समिति तथा जनताले देखाएको समर्पणले हाम्रो देशलाई खानेपानी व्यवस्थापन र सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याएको छ ।

वि. स. २०७२ सालको को विनाशकारी भूकम्पले चन्द्रागिरि नगरपालिका–२ को खानेपानी आपूर्ति प्रणालीलाई गम्भीर रूपमा असर पुर्‍याएको थियो । पाइप लाइन र मुहानहरू क्षतिग्रस्त भएकाले स्थानीय जनताले धेरै कठिनाइ भोग्नुपरेको थियो । यस्तो परिस्थितिमा स्थानीय समितिहरूले देखाएको समर्पण अत्यन्त सराहनीय रहेको बताएका छन् ।

समितिले खानेपानी व्यवस्थापन, सरसफाइ सुधार र दिगो विकासका लागि देखाएको दृढता प्रशंसनीय छ । उहाँहरूको यो प्रयासमा सरकारको तर्फ बाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

साथै हाम्रो मन्त्रालय यस क्षेत्रमा थप लगानी, प्राविधिक सहायता र आवश्यक नीति सुधार मार्फत सघाउन सदैव तयार रहेको बचन बद्धता पनि प्रकट गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०६ असार । हालै काठमाडौंमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई हस्तान्तरण गरिएको छ । सम्मेलनका आयोजक…

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, ०३ असार । नेवा : पत्रकार राष्ट्रिय दबु र सार्क पत्रकार मञ्चले आयोजना गरेको तथा नेपाल आदिवासी पत्रकार महासंघ (FONIJ) सँगको सहकार्यमा ७ बुँदे प्रस्ताव…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-