नागरिक सुशासन, पारदर्शिता बाट नै बैभव बीरगंजको अभियान सफल हुन्छ-नगर प्रमुख सिंह

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १३ असार । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नागरिक सुशासन, पारदर्शिता र जनअपेक्षा अनुरुप नै वैभव बीरगंज बनाउने अभियानमा नेतृत्व जुटि रहेको बताउनु भएको छ ।

वीरगंजमा बिहीबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले नगरवासीको सहयोग र सहकार्य बाट मात्रै वैभव वीरगंजको परिकल्पना साकार हुने बताउनु भयो । उहाँले वीरगंज महानगरपालिकाका ३२ वटै वडाहरुमा हालै सम्पन्न नगर सभाबाट समानुपातिक रुपमा आगामी आर्थिक बर्षको बजेट विनियोजन गरिएको भन्दै वडा स्तरीय योजना छनौट गर्दा जनप्रतिनिधिहरु जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु पर्नेमा जोड दिनुभयो । उहाँले भोटको राजनीति भन्दा माथि उठेर समग्र वीरगंजको विकासका लागि लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले वीरगंजमा हाल खानेपानीको समस्या विकराल बन्दै गएको र ढल नलको व्यवस्थापन, सकडमा अव्यवस्थित रुपमा रहेका विजुलीका पोल तथा तारहरुको व्यवस्थापन, वर्षामा डुवान हुने समस्याको समाधान गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

वीरगंज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका आम सञ्चार पर्बद्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले नागरिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संचारकर्मी एवं विश्लेषक ओम प्रकाश खनालले सार्वजनिक सुनुवाई सम्बन्धी टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संचारकर्मी उज्जवल घिमिरले गर्नु भएको थियो ।

  • Related Posts

    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० श्रावण । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनको  कमाण्डमा बिहीबार खटीएको टोलीले भारत बाट…

    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० श्रावण । “अधिकार र कर्तव्यको लागि शिक्षक एकता” मूल नाराका साथ नेपाल शिक्षक महासंघ बिरगंज महानगर समिति  बिरगंज, पर्साले आयोजना गरेको दोस्रो पालिका अधिवेशन,…

    पहिलो

    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    • July 25, 2024
    • 21 views
    प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज द्वारा ठुलो परिमाणमा लागुऔषध बरामद-

    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    • July 25, 2024
    • 20 views
    नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन्न-

    बाँकेमा गुप्तचरमाथि आक्रमण

    • July 25, 2024
    • 7 views
    बाँकेमा गुप्तचरमाथि आक्रमण

    लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

    • July 25, 2024
    • 7 views
    लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

    पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई दिन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

    • July 25, 2024
    • 10 views
    पहिचान भएका शव भोलि बेलुकासम्म आफन्तलाई दिन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

    ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

    • July 25, 2024
    • 10 views
    ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त