नारायणी अस्पतालमा भएको लापरवाही बारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर सिंह द्वारा मन्त्री पौडेल सँग मांग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २० जेठ । वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसियु (ICU) र सिसिसियु (CCU) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा पुगेको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष माग गरेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर मेयर सिंहले मन्त्री पौडेललाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

सो अवसरमा संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव पनि उपस्थित थिए ।

गत शुक्रबार राति नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत सर्ट भई तीन घण्टासम्म सेवा अवरुद्ध हुँदा त्यहाँ उपचाररत १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो । मेयर सिंहले उक्त घटना अस्पताल प्रशासन र प्राविधिक पक्षको चरम लापरवाहीका कारण भएको बताउँदै दोषी जिम्मेवार अधिकारीहरूलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

ज्ञापनपत्रमा अस्पताल विकास समितिलाई तत्काल बर्खास्त गर्नुपर्ने, सार्वजनिक अस्पतालहरूमा न्यूनतम पूर्वतयारी (जस्तै, विद्युत ब्याकअप, जेनेरेटर परीक्षण, कर्मचारी तालिम) अनिवार्य गर्नुपर्ने, घटनाबाट प्रभावित बिरामीहरूको अवस्था र उपचार विवरण सार्वजनिक गर्नुपर्ने, र पीडितहरूलाई आवश्यक क्षतिपूर्ति तथा पुनर्स्थापना प्रक्रिया सुरु गर्नुपर्ने मागहरू समेटिएका छन् ।

नारायणी अस्पतालमा भौतिक पूर्वाधारको अभाव, कर्मचारीहरूको लापरवाही तथा सेवाको गुणस्तर कमजोर हुँदा बिरामीहरू निजी अस्पताल धाउन बाध्य भएको भन्दै मेयर सिंहले सार्वजनिक स्वास्थ्य प्रणालीको विश्वसनीयता जोगाउन सशक्त नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

यसअघि, शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थितिमा बसेको बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-