नारायणी अस्पतालमा भएको लापरवाही बारे उच्चस्तरीय छानबिन समिति गठन गर्न मेयर सिंह द्वारा मन्त्री पौडेल सँग मांग-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २० जेठ । वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसियु (ICU) र सिसिसियु (CCU) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म अवरुद्ध भई उपचारमा बाधा पुगेको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष माग गरेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर मेयर सिंहले मन्त्री पौडेललाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

सो अवसरमा संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव पनि उपस्थित थिए ।

गत शुक्रबार राति नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत सर्ट भई तीन घण्टासम्म सेवा अवरुद्ध हुँदा त्यहाँ उपचाररत १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो । मेयर सिंहले उक्त घटना अस्पताल प्रशासन र प्राविधिक पक्षको चरम लापरवाहीका कारण भएको बताउँदै दोषी जिम्मेवार अधिकारीहरूलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

ज्ञापनपत्रमा अस्पताल विकास समितिलाई तत्काल बर्खास्त गर्नुपर्ने, सार्वजनिक अस्पतालहरूमा न्यूनतम पूर्वतयारी (जस्तै, विद्युत ब्याकअप, जेनेरेटर परीक्षण, कर्मचारी तालिम) अनिवार्य गर्नुपर्ने, घटनाबाट प्रभावित बिरामीहरूको अवस्था र उपचार विवरण सार्वजनिक गर्नुपर्ने, र पीडितहरूलाई आवश्यक क्षतिपूर्ति तथा पुनर्स्थापना प्रक्रिया सुरु गर्नुपर्ने मागहरू समेटिएका छन् ।

नारायणी अस्पतालमा भौतिक पूर्वाधारको अभाव, कर्मचारीहरूको लापरवाही तथा सेवाको गुणस्तर कमजोर हुँदा बिरामीहरू निजी अस्पताल धाउन बाध्य भएको भन्दै मेयर सिंहले सार्वजनिक स्वास्थ्य प्रणालीको विश्वसनीयता जोगाउन सशक्त नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

यसअघि, शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थितिमा बसेको बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गर्ने निर्णय गरिसकेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा…

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय