निमोनियाबाट यसरी जोगिन सकिन्छ, यस्ता छन् सुझाव

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो ।

केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टीकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौँ केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरूमा विशिष्टीकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिँदै आएका प्रा.डा.शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउँछन् ।

उनले भने “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।” रुघा, खोकी, ज्वरो आउने बित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ । उनले भने “निमोनियामा साधारणतया एक्सरे गरेर हेर्‍यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।”

निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताए । सामान्यतया धेरै जनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताए । उनले भने “मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फंगस (ढुसी)ले पनि निमोनिया गराउँछ ।” फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ ।

साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने “फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ ।”

निमोनियाको दुई प्रकृति रहेको छ । ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन । तर कुनै–कुनै निमोनिया जस्तै: कोभिड निमोनिया निको भए पनि फोक्सोमा खतहरू देखिएको उनले जानकारी दिए ।

समयमा उपचार भयो र अन्य जटिलताहरू जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ । उनले भने “रोगसँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ ।”

साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् । धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्यता स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भिडभाडमा जाँदा हुने निमोनियामा पर्दछ ।

निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरू प्रयोग गर्न उनले सुझाव दिए । अहिले निमोनियाको भ्याक्सिन समेत पाइने उनले बताए ।

समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबै जना निको हुँदैनन् । करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन् । उनले भने “पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरू ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।”

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-