निर्दोष युवाको सहादत र सम्पत्ति विनाश दुवैको गम्भीर छानबिन जरुरी छ- प्रदीप पौडेल

काठमाडौं , नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् ।

रामेछापमा पत्रकार अन्तरक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए। उनले भने, नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।

उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थको रोटी सेक्ने काम भएको बताए । ‘नेपालमा अहिलेसम्मकै ठूलो क्षति भएको छ, उनले भने, आन्दोलनभित्र छिरेर गैरजेनजीले उत्पात मच्चाउने र स्वार्थको रोटी सेक्ने काम गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय स्वार्थहरु त्यसभित्र घुसेर परिस्थिती यस्तो भयो ।

आन्दोलनका क्रममा पहिलो दिनमै त्यति धेरै युवाले सहादत प्राप्त गरेको विषय समेत गम्भीर भएकाले छानविन हुनुपर्ने उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पौडेलले यस क्रममा भएको क्षतिले राज्यले आफ्नो सम्पत्ति र नागरिकको सम्पत्ति रक्षा गर्न सक्ने विषय प्रश्नका रुपमा खडा भएको भन्दै यसको छानबिन आवश्यक रहेको बताए । ‘युवाहरुको सहादत र व्यक्ति तथा राज्यको सम्पत्ति दुवैको असुरक्षा र विनाशलाई गम्भीर रुपमा हेरिनुपर्छ । यसलाई सामान्य रुपमा लिन सकिन्न यो सरकारले छानविन गर्नुपर्छ ।

अब देश स्थिरतातर्फ जानुपर्ने र देशलाई सहि मार्गमा लैजानका लागि निष्पक्ष र शान्तिपूर्ण ढंगबाट निर्वाचत हुनुपर्ने भन्दै उनले भने,‘राज्यका संयन्त्रमा उठेका प्रश्नहरु उत्तरित हुनुपर्छ । यसो भए मात्र समस्या हल हुन सक्छ । सरकारको क्याबिनेटमा अन्तिम समयसम्म पनि जेनजीको विषय र सामाजिक सञ्जालको विषय उठाउने आफू पहिलो व्यक्ति भएको भन्दै पूर्व मन्त्री पौडेलले आफूले क्याबिनेटमा सामाजिक सञ्जालको हकमा बन्द गर्नु हुँदैन भनेको स्मरण गरे ।

आफू यस्तो परिस्थितीमा पदमा बस्नु उचित हुँदैन भनेर २३ गते नै राजीनामा दिने मनस्थिीतिमा भए पनि पार्टीसँग छलफल आवश्यक भएकाले भोलिपल्ट राजीनामा दिएको बताए । ‘प्रधानमन्त्रीलाई राजीनामा बुझाउन र उहाँलाई समेत यो अवस्थामा पदमा बसिरहन हुन्न भनेर म बालुवाटार जाँदै थिएँ, उनले भने । त्यसबीचमा परिस्थिती बदलिएकाले सामाजिक सञ्जालबाट राजीनामा दिएका ेभन्दै उनले आफ्नै व्यवस्थापनमा सुरक्षित बसेको बताए ।

  • Bishnu Timalsina

    Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 37 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 33 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट