निर्वाचन आयोगसँग गृहमन्त्री अर्यालको छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् । फागुन २१ गरे निर्वाचन गराउने कार्यभारसहित बनेको सरकारले निर्वाचनको विषयमा छलफल शुरु गरेको हो 

विहिबार गृहमन्त्री अर्यालले कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको बताउदै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने धारणा राखेका थिए । उनले १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानून संशोधन गर्नुपर्ने बताएका थिए ।

विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली थप्न नमिल्ने व्यवस्था भएकाले कानून संशोधनको प्रस्ताव ल्याउन निर्वाचन आयोगलाई आग्रह गरे । 

साथै विदेशमा रहेका नेपालीहरुलाई पनि आगामी मतदानमा सहभागी गराउनु पर्ने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विधमान कानुन अनुसार विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सम्भव नरहेको जानकारी गराएका थिए । उनले आवश्यक कानून संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न आयोगले सहजीकरण गर्ने धारणा राखेका थिए ।

  • Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक