दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०२ जेष्ठ । निर्वाचन आयोगले आफ्नो गल्ती लुकाउन उम्मेदवार मनोनयनको बेलादेखि सूचना संकलनमा खटिएका पत्रकारहरुलाई अंकुश लगाउदैं आएको सबैमा सर्वविधितै छ । स्थानिय तहको निर्वाचनमा निर्वाचन आयोग तथा निर्वाचनमा खटिएका कर्मचारीहरुको लापरवाहीका कारण देशका विभिन्न स्थानहरुमा चुनाव शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न हुन नसकेको हाम्रो ठहर रहेको छ । जनतालाई सूचना प्राप्त गर्ने अधिकार संविधानले दिएको तथा सो कार्यमा खटिएको पत्रकारहरुलाई कुनै पनि बहानामा सूचना प्रवाहमा रोक लगाउन नहुने हो ।

पछिल्लो समयमा पर्साका पत्रकारहरुलाई निर्वाचनको मतगणनाको सूचना संकलनको क्रममा विभिन्न बहानामा मुख्य निर्वाचनको कार्यालय तथा निर्वाचन अधिकृतहरुले फोनमा धाकधम्कीपूर्ण व्यवहार गरी दुव्र्यवहार गरेको, फोनमा सूचना माँग गर्दा सूचना नदिएको, फोन नउठाएको, निर्वाचन अधिकृतहरुले ह्वाट्सएपमा आईडी काड मागेको, बीरगन्ज महानगरपालिकाको मतगणना भईरहेको नृसिंह माविमा पत्रकारहरुलाई दुव्र्यवहार गरिएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल पर्साको गम्भीर ध्यानाकर्षण भएको कुरा समाजवादी प्रेस संगठन नेपाल, पर्सा का अध्यक्ष मनोज पटेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै बाध्य भएर पत्रकारहरुले गरेको पेन डाउनको क्रममा मुख्य निर्वाचनको कार्यालय पर्सासँग भएको सम्झौता तत्काल कार्यवन्यन गर्न-गराउन समेत माँग गर्दछौं । अतः समाजवादी प्रेस संगठन नेपाल, पर्साले पर्साको संचारकर्मीहरुलाई सहज वातावारणमा सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन तथा १४ पालिकाकै ताजा मतपरिणामहरुलाई एकिकृत प्रणाली अन्तर्गत पत्रकारहरुलाई सूचना उपलब्ध गराउन मुख्य निर्वाचनको कार्यालय पर्सा र जिल्ला निर्वाचन कार्यालय पर्सासँग जोडदार माग गर्दछौं । जनतालाई सत्य तथ्य सूचना प्रदान गर्न अहोरात्र खटिएका पत्रकारहरुलाई कुनै पनि बहानामा धाकधम्की, दुव्र्यवहार अथवा सास्ती दिने प्रयास गरिए हाम्रो संठगन आन्दोलनमा उत्रिन बाध्य हुनेछ ।