निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई तरुण दलको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलले देशैभर निर्वाचन केन्द्रीत कार्यक्रम गर्न जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार सबै जिल्ला समितिलाई परिपत्र जारी गर्दै निर्वाचन केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएका हुन् । 

परिपत्रमा सबै जिल्लामा  र्‍यालीलगायत मार्च पास गरी कोण सभा आयोजना गरी निर्धारित समयमै निर्वाचनको सुनिश्चितता गर्न सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने र जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदातालगायतको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम गर्ने, तेस्रोमा कांग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा जेनजी युवालाई व्यापक दल प्रवेश कार्यक्रम आयोजना गर्ने उल्लेख गरिएको छ । 

यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमन चयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउने, मतदातालक्षित सचेतना कार्यक्रम आयोजना गर्ने, स्थानीय सरकारबाट हुने विकास कार्यक्रममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने विषय पनि परिपत्रमार्फत निर्देशन गरिएको छ । 

यस्तै तरुण दलको सदस्यता वितरण कार्यलाई तीव्रता दिँदै पाँचौँ महाधिवेशनको तयारीस्वरुप जिल्ला अधिवेशनको तयारी गर्ने र पूर्ण सदस्यता केन्द्रबाट स्वीकृत भइसकेपछि मात्र अधिवेशनको कार्यक्रम सुरु गर्न समेत निर्देशन दिइएको छ ।

  • Related Posts

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । काँग्रेसले सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि  केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी…

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो ।  यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले…

    पहिलो

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 0 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 8 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    • December 14, 2025
    • 11 views
    एमालेको बन्दसत्रको समय फेरी सर्यो