निलम्बित रास्वपा महामन्त्री मुकुल ढकाल , रवि लामिछानेबारे एसो भन्छन

· 

कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछी, रवि दाइ खुशी हुनु भएको देखे । खुशी हुनु भएकोमा रबि दाईलाई बधाई छ । यस्तै फैसला १८ पटक हुनु पर्नेछ , बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरि वकिल र न्याधिशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ । हुन त “पैसा आएको थाहा थियो, ग्यालेक्सी टिभी लिलाम गरौँ” जस्ता तर्क रबि दाइपक्षका वकिलले नै गर्दा कतै रबि दाइ पक्षका केहि वकिलहरू नै विपक्षीसँग बिके की भनेर शङ्का गर्ने प्रशस्त ठाउँ छ । अदालतको फैसलाले पार्टी State of Pendulum मा बस्ने जस्तो देखिन्छ । १७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रबि दाइका लागी अप्रिय आउनसक्छ , यो सम्भावना बाँकी नै छ । यो समय खुशी हुने भन्दा पनि लामो समय लम्बिने अदालति प्रक्रिया र पार्टी जीवनलाई कसरी सन्तुलित बनाएर लाने त्यसबारे रणनीति बनाउने बेला हो । त्यो अप्रिय फैसला आउनु अघि नै पार्टीभित्रका दुषित शक्तिले खेलिरहेको खेल बुझ्दै उनीहरूलाइ पररास्त गरेमा रबि दाइलाई पनि जोगाउन सकिएला, पार्टी पनि जोगाउन सकिएला । अन्यथा आज भगवान बनाइएको निकायले अर्को फैसला गरे, रबि दाइका लागी त गाह्रो बनाउँछ नै, त्यतिबेलासम्म दुषित शक्तिले यो बीचको अवधिमा आफूलाई पखाल्दै पार्टी नै कब्जा गरिसक्छ । यो राजनीति हो, राजनीति बुझौँ है साथीहरू । एउटा ठुलो ग्रान्ड डिजाइनमा पार्टी फँस्दै छ ।

भनाइ जस्ताको तस्तै

source मुकुल ढकालको बाट facebook

  • Bishnu Timalsina

    Related Posts

    व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

    काठमाडौँ । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन,…

    आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

    वीरगञ्ज (पर्सा) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आँखाको उपचार…

    पहिलो

    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    • May 18, 2025
    • 93 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा छपकैया बाट छापामारी गरि लाखौं को कपडा बरामद-

    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    • May 15, 2025
    • 91 views
    नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    • May 15, 2025
    • 119 views
    खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    • May 15, 2025
    • 81 views
    इनर व्हील क्लब अफ बीरगंजको औपचारिक उद्घाटन सम्पन्न-

    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    • May 14, 2025
    • 104 views
    आतंकवाद विरुद्ध भारतको लक्ष्मण रेखा अब स्पष्ट छ, यदि कुनै अन्य आतंकवादी आक्रमण भयो भने, भारतले जवाफ दिनेछ र यो निर्णायक प्रतिक्रिया हुनेछ: प्रधानमन्त्री

    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-

    • May 14, 2025
    • 84 views
    वीरगंज महानगर प्रहरी द्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण-